Header Ads

Headlines News :

    तिमी नै तिमी छौ मेरो सेरोफेरो

    प्रवासी जीवनलाई विट मार्दै नेपालमै संघर्ष गर्छु भन्ने संकल्प गरेर स्वदेश फर्केका प्रकाश ढकाल ‘अञ्जान’ मोडलिङको क्षेत्रमा झुल्किएका छन् । प्रवासी बसाईमा सामाजिक कार्यमा समेत निकै सक्रिय अञ्जानले आफ्नो जीवनको गोरेटो नयाँ क्षेत्रमा परीक्षण गर्दैछन् । कला र सक्रिय कदमलाई केहीले पनि रोक्न सक्दैन । अञ्जानभित्र लुकेर रहेको त्यही कला र सक्रियता अब छल्किन थालेको छ । हेरौं, राजेन्द्र कँडेलको शब्द–सिर्जना, राजेन्द्र कँडेल र देवी घर्ती मगरको स्वरमा बि.के. रोल्पालीद्वारा संगीतवद्ध यो लोकदोहरी गीतमा प्रकाश ढकाल ‘अञ्जान’ र रुपा कँडेलको अभिनय ।

    अमेरिकी युवतीद्वारा पोखराका ट्याक्सी चालक परियारमाथि बलात्कारको आरोप

    पोखरा – पोखरा घुम्न आएकी २६ वर्षीया एक अमेरिकन युवतीले आफूलाई ट्याक्सी चालक शिव परियारले बलात्कार गरेको भन्दै कास्की प्रहरीमा जाहेरी दिएकी छन् । तर परियारले ती युवतीसँग सहमतिमा नै यौन सम्पर्क गरेको प्रहरीमा बयान दिएका छन् ।

    अमेरिकन युवतीले प्रहरीमा दिएको बयान अनुसार घट्ना यही मंसिर १० गते सोमबार राति १० बजेतिरको हो । घट्ना भन्दा चार दिन अघिदेखि ती युवतीलाई ट्याक्सी चालक परियारले आफ्नो ट्याक्सीमा पोखरा घुमाउने गरेका थिए । सोमबारको दिन परियारले ती युवतीलाई आफ्नो ट्याक्सी लेकसाइडमा राखी एक स्कुटरमा साईड सिन गर्ने भन्दै हेम्जा पुरयाए । त्यहाँ घुमघाम गर्दागर्दै रात पर्‍यो । 
     
    कोही नभएको मौका उठाउँदै परियारले हेम्जास्थित सडकको छेउमा लगि डरधाक दिँदै बलात्कार गरेको युवातीको आरोप छ । युवतीले आफूलाई बलात्कार गरेको भन्दै कास्की प्रहरीमा घट्ना भएको भोलिपल्ट मंसिर ११ गते परियारविरुद्ध जाहेरी दिइन् । जाहेरीको आधारमा कास्की प्रहरीले सोही दिन परियारलाई पक्राउ गर्‍यो । परियार अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

    घट्नाबारे अनुसन्धान भइरहेको र परियारसँग बयान लिन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजेशनाथ बास्तोलाले बताउनुभयो । युवतीको स्वास्थ्य परिक्षण गरिए पनि रिपोर्ट नआएको प्रहरीले बताएको छ ।

    आरोपित युवकले भने युवतीसँग सहमतिमा यौनसम्पर्क भएको स्वीकार गरेका छन् । तर, ती युवातीले किन बलात्कारको आरोप लगाएको भन्ने आफूलाई पनि थाहा नभएको परियारको भनाइ छ ।

    कास्की धिताल–९ घर भएका परियार पोखरा–६ मा बस्ने गर्थे भने ती युवती लेकसाइडको एक गेष्ट हाउसमा बस्ने गर्थिन्  ।

    दुई महिला मृत अवस्थामा फेला I

    पोखरा , मंसिर १४ । 
    पोखरामा बिहीबार दुई महिला मृत अवस्थामा भेटिएका छन् । कपडा धुन घर नजिकैको नहरमा गएकी पोखरा, १२ माटेपानीकी ४२ वर्षीया मनकुमारी आचार्य र चापापानीकी ३५ वर्षीया राममाया अधिकारी ओछ्यानमै मृत भेटिएका हुन् ।

    प्रहरीका अनुसार आचार्यको शव पोखरा- १३ स्थित दुई कुलाको मुहानमा भेटिएको थियो । उनको शव पोष्टमार्टमपछि परिवारले बुझेर लगेका छन् ।

    हिजो बेलुकी खाना खाएर सुतेकी अधिकारी बिहान ९ बजेसम्म नउठेपछि कोठामा जाँदा ओछ्यानमै मृत अवस्थामा भेटिएकी थिईन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    नयाँ सरकार गठनका लागि कम्तीमा माघको पहिलो सातासम्म कुर्नुपर्ने I

    काठमाण्डौं, मंसिर १४ । 
    राजनीतिक सहमति गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताको सक्रियता बढे पनि प्रक्रियागत तयारीकै कारण नयाँ सरकार गठनका लागि भने कम्तीमा माघको पहिलो सातासम्म कुर्नुपर्ने भएको छ ।

    निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम सार्वजनिक गरेपछि संवैधानिक प्रक्रियाअनुसार संविधानसभा बैठक बोलाउन एक महिनाभन्दा बढी समय लाग्ने भएकाले पनि सरकार गठन गर्न ढिलाइ हुने भएको हो ।

    समानुपातिक तर्फको मतगणना बिहीबार सकिए पनि निर्वाचन आयोगले समानुपातिक सभासद्को अन्तिम सूची सार्वजनिक गर्न १० देखि २० दिन समय आवश्यक पर्ने जनाएको छ ।

    ‘अबको २० दिनभित्र आयोगले संविधानसभाको अन्तिम नतिजा सार्वजनिक गर्छ,’ आयोगका प्रवक्ता वीरबहादुर राईले भने,’हामी सकेसम्म छिटो गर्ने तयारीमा छौं ।’ आयोगले शुक्रबार समानुापतिक प्रणालीबाट दलहरुले पाउने सिट संख्या सार्वजनिक गर्दै आइतबार दलहरुसँग संविधानसभा सदस्यको नाम माग्ने तयारी गरेको छ ।

    सात दिन समय दिएर आयोगले दलसँग बन्दसूचीमा सहभागी उम्मेद्वारमध्येबाट संविधानसभा सदस्यमा चयन गर्न नाम माग्नेछ । उक्त सूची सच्याउन आयोगले पुनः दलहरुलाई तीन दिनको समय दिने राईले जानकारी दिएको आजको नागरिक दैनिकमा खबर छापेको छ ।

    अन्तरिम संविधान २०६३ को ६९ (१) मा निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम सार्वजनिक गरेको २१ दिनभित्र पहिलो बैठक बोलाउने उल्लेख छ ।

    प्रहरीले बढायो सक्रियता, फेरि दिउँसै समातिए अवैध जोडी I


    पोखरा, मंसीर १३ ।
    वडा प्रहरी कार्यालय बैदामले बिहीबार दिउँसो ३ बजे पोखरा–५ मालेपाटनमा रहेको होटल रोयल च्वाईसमा छापा मारी फेरी पनि एक अवैध जोडीलाई पक्राउ गरेको छ ।


    प्रहरीले पटक–पटक अवैध यौन धन्दा सञ्चालन नगर्न चेतावनी दिए पनि होटल सञ्चालकले अझैसम्म पनि टेरेका छैनन् ।

    खुलेआम यौनधन्दा सञ्चालन गर्दै आईरहेको सो होटलमा यसभन्दा अगाडि पनि पटक–पटक अवैध जोडीहरु प्रहरी फन्दामा परीरहेका छन् । आज दिउँसो प्रहरीले छापा मारी बा १० च २५ नम्बरको प्राइभेट सवारीमा आएका एक अवैध जोडीलाई पक्राउ गरेको हो । 
    ती सवारीधनीले पटक–पटक त्यस ठाउँमा नयाँ नयाँ युवती लिएर आउने गरेको र होटल सञ्चालकलाई समेत स्थानीयबासीले यसो नगर्न सम्झाउँदा पनि अटेर गरेपछि प्रहरीले निगरानी बढाएको हो ।

    वडा प्रहरी कार्यालय बैदामको टोलीले होटल सञ्चालक, सवारी धनी र युवतीलाई पक्राउ गरेको हो । कास्की प्रहरीले सो प्राइभेट सवारी समेत वडा प्रहरी कार्यालय बैदाममा लगेको छ ।

    त्यसो त अन्य देशहरुमा यौन व्यवसायलाई वैधानिकता दिए पनि हालसम्म नेपालमा यस्तो कार्यलाई अवैध नै मानिन्छ ।
     
    Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
    Proudly powered by Blogger